एक दर्जन कम्पनीको साढे ७ अर्बको हकप्रद आउँदै



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका एक दर्जन कम्पनीको साढे ७ करोडभन्दा बढीको हकप्रद शेयर स्वीकृतिको पर्खाइमा रहेको छ।

बोर्डमा आवेदन दिएर निर्णयको प्रतीक्षामा रहेका १२ कम्पनीको ७ अर्ब ५० करोड ४१ लाख २८ हजार १ सय ५६ रुपियाँबराबरको ७ करोड ५० लाख ४१ हजार २ सय ८१ दशमलव ५६ कित्ता हकप्रद शेयर निष्काशनका लागि पाइलाइनमा रहेका छन्। बोर्डमा एक वर्ष अघि श्रीमाराम सुगर मिलले आवेदन दिए पनि अहिलेसम्म अनुमति पाएको छैन। कम्पनीले २०७४ वैशाखमा ८९ लाख ३ हजार ९ सय ४९ दशमलव ८१ कित्ता हकप्रद शेयर निष्काशन अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो।

दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशनका लागि अनुमति माग्दै गत मंसिरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) ले २ करोड ३३ लाख ९५ हजार २ सय ५१ कित्ता हकप्रद जारी गर्न आवेदन दिएको छ। त्यस्तै नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर दुई दशमलव पाँच कित्ता हकप्रद निष्काशन अनुमतिका लागि चैतमा आवेदन दिएको थियो। कम्पनीले ६ लाख कित्ता हकप्रद शेयर जारी तयारी गरेको
यसैगरी समता माइक्रो फाइनान्सले दुईबराबर एकको अनुपातमा १ लाख ८९ हजार ७ लाख कित्ता र नागवेली लघुवित्तले एकबराबर एकको अनुपातमा ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद निष्काशनका लागि बोर्डको अनुमति कुरेर बसेका छन्।
माहुली, स्वदेशी र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि हकप्रद जारी गर्न बोर्डमा अनुमतिका लागि निवेदन दिएका छन्।

माहुली लघुवित्तले दुई बराबर एकको अनुपातमा ३ लाख कित्ता, स्वदेशी लघुवित्तको एक बराबर एकको अनुपातमा ११ लाख ५० हजार कित्ता र स्वरोजगारको एक बराबर एकको अनुपातमा १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता हकप्रद जारी गर्नका लागि तयारीमा रहे पनि अनुमति पाइसकेका छैनन्।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १० बराबर ८ को अनुपातमा र एभरेस्ट इन्स्योरेन्सले १ बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति पाएका छैनन्। दुवै कम्पनीले बोर्डबाट अनुमति पाउने बित्तिकै शेयर जारी गर्ने तयारीमा छन्।

यसैगरी हकप्रद निष्काशनको पाइपलाइनमा प्रोगेसिभ फाइनान्स कम्पनीले एकबराबर दुई दशमलव ८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता र अपी हाइड्रोपावर कम्पनीले एकबराबर दुईको अनुपातमा २ करोड १० लाख कित्ता हकप्रद जारी गर्ने तयारीमा रहँदै बोर्डको निर्णय पर्खिएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्