ट्रेलरमा चक्कर



क्राइम ड्रामा जनरामा बनेको फिल्म चक्करको ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको छ।
नेसनल मिडिया प्रोडक्सन तथा काठमाडौं आर्ट हाउसको प्रस्तुति रहेको फिल्मको ट्रेलरमा अभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, ऋचा शर्मा र स्मृती पोखरेललाई फिचरिङ गरिएको छ।

हिंस्रक प्रेमसम्बन्ध कथावस्तु रहेको फिल्म साउन ४ गते अल नेपाल रिलिज हुने निर्माता तथा छायाँकार रवीन आचार्यले बताए। अनुस्का रौनियरले निर्देशन गरेको फिल्ममा कथा र सम्पादन पनि उनकै छ। फिल्ममा संगम पन्त तथा पुयपा पलान्चोकेको संगीत रहेको छ भने नितेशजंग कुँवर, पुष्पा पलान्चोके तथा शीतल मोक्तानको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्