२० लाख तिरेर कतारमा रामकहानी



हिजोआज नेपाली फिल्म पनि विदेशमा छायांकन हुन थालेका छन्। यसै क्रममा निर्माणाधिन फिल्म रामकहानीको कतारमा छायांकन गरिएको छ। नेपालको छायांकन पूरा गरी यसको सुटिङ कतारमा गरिएको हो।

फिल्मका निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले अघिल्लो फिल्म म यस्तो गीत गाउँछुको विशेष शोका लागि कतार पुगेको मौका पारेर रामकहानीको केही दृश्य त्यहाँ खिचेका हुन्। निर्देशक थापाका अनुसार फिल्मको सुरुआत नै कतारबाट हुनेछ। कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही स्थानीय कलाकारले अभिनय गरेका छन्। ‘फिल्मको छायांकनका लागि अनुमति लिनै ८ लाख खर्च गर्नुपर्यो। अब नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ’ –सुदर्शनले भने।

फिल्मको छायांकन कतारमा पनि सौरभ लामाले गरेका छन्। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रवीन्द्र झा, विल्सन विक्रम राईलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रामकहानीको तिम्रो लागि म बोलको गीत सार्वजनिक भइसकेको छ। यो गीतलाई युट्युबमा २० लाखभन्दा बढी पटक हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्