नुवाकोट गोल्डकपको तयारी अन्तिम चरणमा, प्याराफिट निर्माण हुँदै



शालिकराम चालिसे, नुवाकोट । आगामी बिहिबार १७ गतेबाट शुरु हुने प्रथम नुवाकोट गोल्कपको तयारी अन्ति चरणमा पुगेको छ । अहिले दर्शकहरुलाई बस्ने सुविधा दिन प्याराफिट निर्माणको कामलाई तिव्र पारिएको छ ।

नुवाकोटको बट्टार क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेने नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले नुवाकोट एक्सप्रेसलाई बताउनुभयो । प्रतियोगितामा सहभागिता हुने १० टोलिको निश्चित भइसकेको नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, ए डिभिजनको ब्लक थ्रि स्टार,फ्रेन्डस क्लब, विभागिय टोलीहरु नेपाल पुलिस क्लव, एपिएफ क्लब,मदनभण्डारि स्पोर्टस एकेडेमी, चितवन ११,रुपेन्देहि ११,कास्की ११ र काठमाडौं ११ सहभागिता रहने बताइएको छ ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ३ हजार क्षमताको दर्शक अट्ने प्याराफिट फोल्डिङ सिट निर्माण भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रधानले बताउनुभयो । प्रतियोगितामा खेल हेर्न दर्शकहरुका लागि ले टिकट दर सय र ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको नुवाकोट फुटबल संघका उपाध्यक्ष पनेरुले बताउनुभयो । साथै सेमिफाईनल टिकटको मुल्य परिवर्तन हुने आयोजकले जनाएको छ ।

यसैबिच नुवाकोट फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले नुवाकोटलाई भव्य र स्मरयाीय बनाउन सबैसँग आग्रह गरेको छ । नुवाकोट गोल्डकपको सफलतामा जिल्लाकै प्रतिक्ष्ठा जोडिएको भन्दै आयोजकले सबैलाई प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिएको छ ।

साथै गोल्कपलाई अतर्थिक सहयोग गर्न चाहानेहरुले राष्ट्रिय वाणिज्य वैंक विदुर शाखामा रहेको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता मुल आयोजक समिति को खाता नं १७७०००१०८७०१ मा पनि सहयोग रकम जम्मा गरिदिन समेत आग्रह गरिएको छ । जेठ १७ गतेबाट शुरु हुने प्रतियोगता २३ गतेसम्म हुनेजेठ १७ गतेबाट शुरु हुने प्रतियोगता २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जवनाएको छ ।

प्रतिक्रिया दिनुहोस्