७० महिला बलात्कारको आरोप लागेका हलिउडका निर्माता हार्वी धरौटीमा रिहा



काठमाडौं । हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन एक मिलियन डलर धरौटीमा रिहा भएका छन् ।
उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

गत वर्ष यस्तो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो । यही ह्यासट्याग राखेर कयौं महिलाहरुले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए ।

वाइनस्टिनले युवतीहरुलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको पिडितहरुले लगाएका छन् । यद्यपि उनले यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्पर्क राखेको बयान दिएका छन् ।
हार्वी वाइनस्टिन प्रसिद्ध मिराम्याक्स स्टुडिओका सहसंस्थापक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्