एएफसीले नेपाली फुटबललाई सघाउने



काठमाडौं, (नेस)
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली फुटबलको लिग र विकासका लागि सहयोग गर्ने बताइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

शुक्रबार एएफसीको क्वालालम्पुरमास्थित प्रधान कार्यालयमा एएफसीमा निर्देशक डाटो विन्डसर जोनले बताएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष पन्कज विक्रम नेम्वाङसँग विन्डसरले भेटेका थिए। डाटो विन्डसरले नेपाल दक्षिण क्षेत्रमा प्रमुख फुटबल राष्ट्र भएको बताए।

उनले भने– ‘दक्षिण एसिया क्षेत्रमा नेपाल महत्वपूर्ण फुटबल राष्ट्र रहेको छ। नेपाल एएफसीसँग १९७१ देखि सदस्य बनेको छ। हामीहरू एन्फासँग सहकार्य गर्न लागिरहेका छांै। भविष्यमा नेपालमा फुटबलको विकास गर्न पनि सहयोग गरिहनेछांै।

नेपालमा लिग यसै वर्ष पुन सञ्चालनमा ल्याउन लागेको घोषणाले एएफसी उत्साहित बनेको उनले बताएका छन्। लिग फुटबल भनेको कुनै पनि राष्ट्रको धड्कन हो भनेर पनि एएफसीले जनायो। त्यस्तै एएफसीका महासचिवले लिग सुचारु गर्ने, ग्रासरुटमा विकासमा मद्दत पुर्याउने र विभिन्न प्रशिक्षणमा एन्फालाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्