आप्रवासीको वर्क परमिट अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा एच–४ भिसाका केही वर्गको वर्क परमिट अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। ट्रम्प प्रशासनले बिहीबार एक संघीय अदालतमा उक्त जानकारी दिएको हो।

यो फैसलाबाट अमेरिकामा उक्त भिसाअन्तर्गत काम गरिरहेका करिब १ लाख विदेशी आप्रवासी प्रभावित हुनेछन्। नयाँ नियमको औपचारिक आदेश जुनमा जारी हुन सक्ने जनाइएको छ। यस्तो भिसा, एच–१बी भिसा पाएकाहरूका पति वा पत्नीलाई दिने गरिएको छ। ट्रम्प प्रशासनले अदालतलाई आन्तरिक सुरक्षा विभाग डीएचएसबाट प्रस्तावलाई स्वीकृति दिएपछि यसलाई निमायक तथा योजना समीक्षाका लागि बजेट तथा व्यवस्थापन कार्यालयमा पठाउने जानकारी दएको समाचार एजेन्सीहरूले जनाएको छ। यसअघि डीएचएसले अदालतमा एच–४ भिसाका नयाँ नियम छपाइगराउने संकेत दिएका थिए।

एक प्रतिवेदनमा अमेरिकामा एच–४ भिसामा काम गर्ने करिब १ लाखमध्ये ९३ प्रतिशत भारतीय रहेको उल्लेख गरिएको छ। ट्रम्प प्रशासनको यस पैmसलाको असर ७० हजार भारतीयमाथि पर्ने देखिएको छ।
सन् २०१५ मा जारी नियमअनुसार स्थायी बसोबास दर्जा हासिल गर्न इच्छुक एच–१ बी भिसा धारकका पति वा पत्नीका लागि वर्क परमिट प्राप्त गर्ने मार्ग खुलेको थियो।

यूएएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्विसेस (यूएससीआईएस)का निर्देशकले यस मामिलामा सिनेटर चुक ग्रासलेलाई पत्र लेखी चिन्ता व्यक्त गरिसकेका छन्। गत हप्ता इन्डियन अमेरिकन कांग्रेसले पनि १ सय ३० सांसदसहित एच–४ भिसा लिएकाहरूको अधिकार रक्षा गर्न अमेरिकामा अभियान चलाएका थिए।

प्रतिक्रिया दिनुहोस्