सलोन र आमेश प्रतियोगिता गर्दै



नायकद्वय सलोन बस्नेत र आमेश भण्डारीलगायतको समूहले मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउडको आयोजना गरी देशभरका प्रतिभालाई फिल्म क्षेत्रमा प्रवेशको ढोका खोलिदिने भएको छ।

सलोन र आमेशले पर्फेक्ट प्लान इन्टरटेनमेन्टको आयोजनामा यो प्रतियोगिता गर्न लगोका हुन्। फिल्म तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा युवतीले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने सलोनले बताए।

यही असारबाट अडिशन शुरू हुने प्रतियोगिताका लागि आवेदन फारम खुल्ला गरिएको छ भने काठमाडौं उपत्यकाबाट शुरू हुने प्रतियोगिता देशभरका ८ सहरमा हुने सलोनले बताए। उनका अनुसार प्रतियोगिता २ चरणमा हुनेछ। प्रतियोगिता काठमाडांैसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौंडा र विराटनगरमा हुनेछ। प्रतियागिताका विजेताका साथमा फस्ट र सेकेन्ड रनर्सअप गरी हरेक शहरबाट ६÷६ जनाले काठमाडौंमा हुने मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउडको निर्णायक प्रतियोगितामा भाग लिन पाउने सलोनले बताए।

आठैै सहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्युजिक भिडियोमा ब्रेक पाउनेछन्। दोस्रो चरणमा मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउडका विजेतालाई फिल्ममा ब्रेक दिलाइने सलोनले बताए।

प्रतिक्रिया दिनुहोस्