भोलिबाट पृतनापति सम्मेलन



काठमाडौं, (नेस)
नेपाली सेनाले आफ्नो एक वर्षे रणनीति तय गर्न तथा मुलुकको सुरक्षाका बारेमा छलफल गर्न आइतबारबाट पृतनापति सम्मेलन हुने भएको छ।

सैनिक मुख्यालयमा हुने सम्मेलनमा ८ वटा पृतनाका पृतनापति तथा मुख्यालयका विभाग, महानिर्देशनालयलगायतका प्रमुखहरूको सहभागिता रहने भएको छ। सैनिक मुख्यालयमा आयोजना हुने उक्त सम्मेलनमा ७ प्रदेशमा रहेको पृतनाका पृतापति र उपत्यकामा रहेका पृतनापतिले मुलुकको सुरक्षाको अवस्थाका बारेमा जानकारी गराउने र उक्त सम्मेलनले आगामी वर्ष सेनाले तय गर्ने रणनीतिका बारेमा छलफल गर्ने बताइएको छ।

सम्मेलनमा मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका बारेमा समेत छलफल हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्