कानुन बनाउँदा लक्षित वर्गको सहभागिता आबश्यक



काठमाडौं, (नेस)
राजनिती र समाजको सकृय भूमिकाबाटै असल शासनको प्रत्याभूति दिलाउन सकिने काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

गो गो फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले समाजमा शुसासन प्रबद्र्धनका लागि नियन्त्रणमूखि भन्दा नियमनमुखिलाइ जोड दिनुपर्ने बताएका छन् । समाज कल्यण परिषद्लाई शक्तिशाली बनाउनुपर्ने भन्दै ऐन नियमहरु निर्माणको क्रममा नागरीक समाजसंग समन्वयन गर्दा प्रभाबकारी हुने सहभागिको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले समाज कल्याण परिषद्को बदलिँदो परिस्थीति अनुसार सांगठनिक पुर्नसंरचना हुनेमा जोड दिनुभयो । यस्तै सांसद यज्ञराज सुनुवारले असल शासन स्थापनाका लागि सबैले आफ्नो सोंचमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

नागरीक समाज र सांसदहरुको सहभागितामा बिद्यमान कानुनी संरचना र शुसासन प्रबद्र्धनका बिषयमा छलफल भएको थियो ।

विभीन्न खालका नागरीक संस्थालाई नियमन तथा व्यवस्थापन गर्ने कानुन र तिनको कार्यान्वयनमा एकरुपमा नहुँदा समस्या भएको सहभागीहरुले बताए । कानुन तथा योजना तर्जुमा गर्दा सम्वन्धीत लक्षित वर्गको सहभागिता भए सफल कार्यान्वयन हुने सहभागीको भनाई छ । गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले विद्यमान कानुनी संरचनाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्