बुहारी बलात्कारको आरोपमा सांसदका पति पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष एवम् सांसद् शेख चाँद ताराका पति शेष मन्सुर बाबु जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

वीरगन्जका कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । उनी बिरुद्ध ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार रहेको पर्सा प्रहरीले दाबी गर्दै आएको थियो । तर,उनी आफ्नो राधेमाइ स्थित ल फर्ममा निधक्कसंग काम गर्दै आएको पीडित पक्षको आरोप थियो ।

हालका पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको बताए । उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिएको बताए । झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेको आरोप छ । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

मन्सुरबाबुविरुद्धकोे मुद्दा फिर्ता लिन तात्कालीन प्रहरी उपरीक्षक डा. गणेश रेग्मीको पालामा मन्सुरबाबुकी कान्छी श्रीमती सकिलादेवी पटेल (सकिना खातुन)ले सम्धीले जबर्जस्ती करणी गर्न खोजेको भनी झूटो मुद्दा दर्ता गराएकी थिइन् ।

मुद्दाको रहस्य खुलेपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी १७ दिन हिरासतमा राखेको थियो । यसअघि प्रहरीमाथि दबाब परेपनिलाई पक्राउ नगरिएको बताइएको छ । तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा आवद्ध मंसुर र उनकी जेठी पत्नी शेष चाँद तारा पछि माओवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्