बिद्यार्थीको चेतावनीः विश्वविद्यालयलाई आर्थिक कारोवार गर्ने संस्था बनाइए प्रतिकार गर्ने



प्रशान्त वली, काठमाडौं ।

त्रिभुवन विश्व विद्यालयको हाता भित्र नीजि संस्थाहरु भित्र्याइए मान्य नहुने बिद्यार्थीले चेतावनी दिएका छन् । बिभीन्न बाहनामा शैक्षिक संस्थालाई आर्थिक कारोवार गर्ने थलो बनाइन थालेको विद्यार्थीहरुले त्यसो नगर्न विश्व विद्यालय प्रशासनलाइ आग्रह गरेका छन् । विश्वविद्यालय भित्र छात्राबासको संरचनालाई अतिक्रमण गरी बसेका संस्थाहरु तत्काल हटाउन माग गरेको अखिल क्रान्तिकारीका नेता कमल बडुवालले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो ।

विश्व विद्यालय भित्र पठनपाठनलाइ अवरोध हुने गरी कुनैपनि भौतिक संघ संस्था स्थापना नगर्न अखिल क्रान्तिकारीले माग समेत गरेको छ । यस्तै, विश्वविद्यालय हाताभित्र सञ्चालनमा रहेका क्यान्टीनको मूल्यसुचि टाँस्न समेत अखिलल क्रान्तिकारीले माग गरेको छ । अखिल क्रान्तिकारीका नेता बडुवालले माग पुरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने चेतावनी दिनुभयो ।

विद्यार्थीहरुले विभीन्न माग राखि बिश्व विद्यालय प्रशासनलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्