गुल्मीमा एक युवा मृत फेला



अनिल खत्री, गुल्मी ।

गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटा घर भएका ३५ वर्षका प्रकाश खत्री मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराग द्धिबेदीले जानकारी दिए ।
बिहिवार घरबाट आफखुसी हिँडेका खत्री शुक्रवार घर देखि पाँच सय मिटर टाढा जंगलमा मृत अबस्थामा फेला परेको हो । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । मृत खत्रीको शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याइदै छ ।

प्रतिक्रिया दिनुहोस्