आइपीएलः आज कोलकता र सनराइजर्स भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपीएल –११० अन्तर्गत दोस्रो क्वालिफायरमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

यस खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ । चेन्नाई पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनल पुगेको हो भने पराजित भएपनि हैदरावादले अर्को मौका पाएको हो ।

लिग चरणमा हैदरावाद पहिलो र चेन्नाई दोस्रो भएको थियो। यस्तै लिगमा तेस्रो भएको कोलकताले एलिमिनेटरमा राजस्थान रोएल्सलाई पराजित गर्दै उपाधि यात्रामा आफूलाय कायम राखेको हो।

कोलकताले आज सनराइजर्ससँग घरेलु मैदानमा खेल्दैछ र होम ग्राउण्डको एड्भानटेज पनि छ । यसअघि राजस्थानलाई पनि घरेलु मैदानमै पराजित गरेको हो ।

लिगचरणसहित पछिल्ला चार खेलमा लगातार जित हात पारेको कोलकता र लगातार चार खेल हारेको हैदरावादबीचको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

बलिङ डिपार्टमेन्ट राम्रो भएको हैदरावादको ब्याटिङ धेरै हदसम्म कप्तान केन विलियमसन र ओपनर शिखर धवनमा निर्भर छ । बलिङमा भने स्पीनर रसिद खानसँगै सिमरहरु भुवनेश्वर कुमार, सिद्दार्थ कौउल र सन्दीप शर्माले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उता ६ खेलाडीले ३ सय भन्दा बटी रन बनाइसकेको कोलकताको टिम कम्बिनेसन पछिल्ला खेलहरुमा राम्रो छ । कप्तान दिनेश कार्तिकसहित ओपनरद्वय सुनिल नारिन र क्रिस लिन, रोविन उथापा र आन्द्रेस रसेलले उत्कष्ट ब्याटिङ गरिरहेका छन् ।

रसेल आवश्यक परेको बेला ब्याटिङ र बलिङ दुवैमा माहिर छन् भने स्पीनरको नारिनले पनि ओपनिङ गर्दै कोलकतालाई उत्कृष्ट सुरुवात दिलाउन भूमिका खेल्दै आएका छन्। यस्तै स्पीनरद्वय कुलदिप यादव र पियुष चावला तथा युवा सिमर कृष्ण प्रसिदले पनि पछिल्ला दुई खेलमा राम्रो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्