हुम्ला शिक्षक संगठनमा नयाँ नेतृत्व



हुम्ला । नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

अधिवेशनमा भएको निर्वाचनबाट हरिप्रसाद जैसीको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

संगठनको उपाध्यक्षमा दलबहादुर ऐडी, महिला उपाध्यक्षमा हीरा बोहरा, कोषाध्यक्षमा वीरबहादुर रावल, सह कोषाध्यक्षमा निर्मला सुनार, सचिव भक्त थापा, सहसचिवमा लक्ष्मी कुमारी कँडेल निवाचित भएको कुरा निवर्तमान अध्यक्ष अमरबहादुर शाहीले जानकारी गराउनुभयो ।

अधिवेशनमा सातवटा गाउँपालिका प्रत्येकबाट सातजना प्रतिनिधिका दरले भाग लिएका थिए । अधिवेशन दुई दिनसम्म सञ्चालन भएको थियो । अधिवेशनले चारजना महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको छ ।
केन्द्रीय महाधिवेशनका लागि अध्यक्ष जैसी, महिला प्रतिनिधि जयलक्ष्मी शाही, खुल्ला प्रतिनिधिमा धर्मनन्द लामा र अमरबहादुर शाहीसमेत छनोट हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्