आजको राशिफल



वि.स.२०७५ साल जेष्ठ ११ गते । शुक्रबार । ईश्वी सन् २०१८ मे २५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि एकादशी ३५ घडी २१ पला,बेलुकी ७ बजेर २१ मिनेट उप्रान्त दुवादशी । नक्षत्र हस्त ४१ घडी १५ पला,बेलुकी ९ बजेर ४२ मिनेट उप्रान्त चित्रा । योग सिद्धि ४० घडि ४९ पला,बेलुकी ९ बजेर ३१ मिनेट उप्रान्त व्यातिपात । करण वणिज,बिहान ७ बजेर ५३ मिनेट उप्रान्त भद्रा,बेलुकी ७ बजेर २१ मिनेट उप्रान्त बव । आनन्दादिमा अमृत योग । चन्द्रराशि कन्या । पद्मिनी एकादशी व्रत ।

काठमाडौंमा सूर्योदय ५ बजेर १२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक आम्दानि बढ्ने काम सुरु गर्न सकिने समय रहेकोछ । समयमा काम गर्न सकिने हुदा लक्ष्य पहिल्याउन सहज हुनेछ । सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ ।

शुभ अंक — १,७ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

शुभ अंक — २,५ शुभ दिशा —दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ भने तपाई आफ्नै कारणले व्याबहार बिग्रनेछ । आफन्त तथा साथिभाईसँग टाडिएर देश बिदेशको यात्रा गर्नुपर्ने योग रहेकोछ । खानपानमा अलमलिदा वा काम बिनाको भेटघाटले आफ्नो काम थाति रहनेछ । अध्ययनमा मन नजादा पढाई लेखाई बिचमै रोकिन सक्छ ध्यान दिनुहोला । सामाजिक काम गर्र्ने अवसर आयपनि उपलब्धि भने न्युन हुनेछ भने राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवारमा लामो समय लेखि भेटघाट भएका मानिससँग भेट्न पाउँदा आत्मिय भाव बढ्नेछ भने रमाईलो बाताबरणमा दिन कटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ भने बहुमुल्य बस्तु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । प्रेम प्रशङगमा सामान्य मनमुटाब सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) एक साथ अनेक काम गरिपनि आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । दाजुभाईको असहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा कमि हुनेछ । भौतिक बस्तु तथा स्थाई सम्पतिको प्रयोग गर्न नजान्दा सोचेको उपलब्धि नहुँन सक्छ । घरायसि स्रोत साधनको परिचालन गर्न नसकिने तथा पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा बाध्यताबस टाडा हुँने समय रहेकोछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने प्रयत्न गर्दापनि पुराना बाकि रहेको रुपैया पैसा उठ्ने छैनन् ।

शुभ अंक — २,९ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — पुर्व

शुभ रंग —पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको यात्रा हुनेछ भने धार्मिक तथा शैक्षिकको पनि प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरको यात्रा गरि मनलाई शान्त पार्ने समय रहेकोछ । साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

शुभ अंक — १,२ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्