आँप खान खोज्दा ज्यानै गयो



कृष्णउदास खनाल
वीरगन्ज, । चट्यांग लागेर पर्साको जगरनाथपुर गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीका चन्द्रिका मुखिया विन रहेका छन् । बिहीबार बिहानै हावाहुरी आएको बेलामा घरछेउको आँप टिप्न जाने क्रममा खसेको चट्यांगले लागेर उनको घटनास्थलमै मृत्यु इलाका प्रहरी कार्यालय पोखरियाले जनाउको छ । मृतक विनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याईएको छ ।
बिहीबार बिहान एक्कासी आएको हावाहुरीसँगैको पानीले जनजीवन प्रभावित भएको छ । वीरगन्ज लगायत देशभर मौसम बदली भई हावाहुरी सहित पानी परेपछि जनजीवन प्रभावित भएको हो ।

एका बिहानै कालो बादल मडारिएर आएको हावाहुरीका कारण विभिन्न स्थानमा घर टहराहरु उडाउनुका साथै फलपूmल तथा बालीनालीमा पनि केही क्षति पु¥याएको स्थानीयहरुले बताएका छन् । यद्यपी लामो समयपछि बर्षा भएका कारण स्थानीयहरुले भने राहतको अनुभूति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्