झाडापखालाले गाउँ नै प्रभावित, एकै गाउका तीन दर्जन बढी बिरामी



सलिम अन्सारी
प्युठान — प्युठानको ऐरावती गाउपालिका(३ खस्रेदमार गाउमा झाडापखाला फैलँदा गाउँ नै प्रभावित भएको छ। ३५ भन्दा बढी स्थानिय बिरामी परेका छन् । बुधवार देखि गाउँमा झाडापखाला देखिएको हो । बीस भन्दा बढी घरधुरी रहेको खर्से गाउँका प्राय सबै घरमा झाडापखाला फैलिएको स्थानियले बताए।
ऐरावती गाउपालिकाका स्वास्थ्य प्रमुख कृष्ण श्रेष्ठका अनुसार झाडापखाला फैलिएको खबर पाएसंगै स्वास्थ्यकर्मिको टोलि प्रभावित क्षेत्रमा पठाईएको छ ।झाडापखाला फैलिएपछि त्यसको रोकथामका लागि सबै प्रयास भएको उनले बताए। एउटै योजनाको खानेपानी सेवन गर्ने स्थानिय बिरामी परेका हुन । दूषित पानीको सेवनले झाडापखाला फैलिएको हुन सक्ने आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले बिहिवार बिहान नै औषधि सहित स्वास्थयकर्मिको टोलि प्रभावित क्षेत्रमा पठाएको हो । उपचारमा संलग्न सरुमारानी(३ स्थित हंसपुर स्वास्थय चौकी प्रमुख केशब पन्थिका अनुसार गाउँमै पुगेर बिरामीहरुको उपचार भैरहेको छ।।। बिरामिको अबस्था खतरामुक्त छ पन्थिले टेलिफोनमा भने आत्तिनुपर्ने अबस्था छैन । झाडापखाला नियन्त्रण उन्मुख छ।।
जिल्ला स्वास्थ्य कार्यालयले झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी उमालेर या निर्मलीकरण गरेर मात्र खान अनुरोध गरेको छ । प्रभावित गाउका स्थानीयलाई औषधि उपचारका लागि नजिकको स्वास्थ्य संस्था पुग्न दुई घण्टा बढी हिड्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्