बालकृष्ण ढुंगेललाई माफी नदिन मानअधिकारवादीको आग्रह



काठमाडौँ । गणतन्त्र दिवस पारेर आम माफी दिने तयारी गरिएको पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी नदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सरकारको ध्यानकर्षण गराएकोे छ ।
उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई कुनै हालतमा आम माफी नदिन इन्सेकले आग्रह गरेको छ । बर्तमान सरकारले माओवादी द्धन्द्धकालमा बिभिन्न मुद्धा लागेका ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरेकोमा समेत पछिल्ला केही दिनयता समाचारहरू आइरहेको छन ।

प्रतिक्रिया दिनुहोस्