नेपाली ठग्ने दुतावासका कर्मचारी बर्खास्त



काठमाडौँ । मलेसियास्थित नेपाली दुतावासमा कार्यरत कार्यरत कर्मचारी प्रविन प्रधानलाई दुतावासले बर्खास्त गरेको छ । सवारी चालकको रुपमा दुतावासमा कार्यरत प्रधान म्यानपावर व्यवासयी भएको प्रमाणसहितको समाचार सार्वजनिक भएपछि दूतावासले प्लाउनलाई बर्खास्त गरेको हो ।

दूतावसले बुधबार विज्ञप्ति जारी गर्दै प्रधान कुनै जिम्मेवारीमा नरहेको उल्लेख गरेको छ । त्यसअघि नेपाली राजदूतावासमा कार्यरत प्रधान व्यवसायी रहेको प्रमाणसहितको समाचार प्रकाशित भएको थियो । दूतावासमा सवारी चालकको रुपमा मलेसिया पुगेका प्रधान उत्सव एचआर सोलुसन प्रालि पिङ्गलास्थान–९ गौसलाको कार्यकारी निर्देशक रहेको खुलेको थियो ।

उनी नेपाली राजदूतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका थिए । उनी दूतावासको कर्मचारीको हैसियतले मलेसियामा रहेको विभिन्न कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुल्न आएको थियो ।

मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका नेपाली कामदारहरुसँग मलेसियन आरएम तीन हजार रुपैँया लिएर पासपोर्टसमेत बनाउने धन्दामा प्रधान रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्