एनसीसी बैंक र रिलायबल इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
एनसीसी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैकुरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने छ। सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले संयुक्त रूपमा हस्ताक्षर गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्