यती फ्लोरिङद्वारा सन्दीप लामिछानेलाई सम्मान



काठमाडांै, (नेस)
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई यती फ्लोरिङले सम्मान गरेको छ। आइपीएलमा युवा खेलाडी लामिछानेले गरेको मेहनत र प्रदर्शनस्वरूप लामिछानेलाई सम्मान गरिएको हो। यती फलोरिङ शंकरलाल केडियाद्वारा स्थापित र अनिल केडियाद्वारा सञ्चालित नेपालको पहिलो नन ओभन कार्पेट हो। हाल केडिया ग्रुप र रिलायन्स ग्रुुपको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको छ।

कम्पनीले खेलाडी सन्दीप लामिछानेलाई सम्मान स्वरूप एक लाख रुपियाँ प्रदान गरेको छ। कार्यक्रममा यती फलोरिङका तर्फबाट निर्देशक नारायण तोदी ,अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले खादा र पुष्प गुच्छा दिई सम्मान गर्नुका साथसाथै १ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो।

सन्दीपले नेपाललाई नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएका छन्। उनको यो साहस, मिहेनत र लगनशीलतालाई यती कार्पेट सलाम गर्दछ कर्पोरेट प्रमुख राजकुमार शाहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्