बुद्ध एयरले विराटनगरबाट बिहानै उडान भर्ने



काठमाडौं, (नेस)
बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर–काठमाडांै विहानी उडान गर्ने भएको छ। विराटनगरबाट बिहान ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ। जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्ने कम्पनीले जनाएको छ।
यसैगरी काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ। सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले जनाएको छ। यसो गर्दा यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले विश्वास लिएको छ। विहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्यधिक उडानको चापले गर्दा प्रायः विभिन्न घरेलु उडान विलम्व हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्