नेहाको बिहे हतारमा किन?



बलिउड नायिका नेहा धुपियाले केही समयअघि अंगद वेदीसँग विवाह गर्नु सामान्य कुरा हो। तर उनले विवाह यति हतार–हतारले गरिन् कि यो कुराको जानकारीले आम मानिसमात्र होइन, बलिउडकै कलाकार पनि अचम्ममा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसबाट मानिसलाई विभिन्न आशंका उब्जाएको समाचारमा उल्लेख छ।

एक भारतीय सञ्चार माध्यमका अनुसार नेहा विवाहअघि नै गर्भवती थिइन् र यो कुरा नेहा तथा अंगदले थाहा पाएपछि हतारमा विवाह गरेपछि मात्र विवाहका बारेमा अरूलाई थाहा दिएको हुन सक्ने हल्ला बलिउडमा छ। यो हल्ला जब निकै बढ्दै गयो, उनीहरूको परिवारले यस कुरा साँचो नभएको र मानिसहरूलाई कुरा काट्ने मौका मात्र मिलेको बताएका छन्।

यति बेला नेहा र अंगद आ–आफ्नो काममा व्यस्त छन्। व्यस्तताका बाबजुद विवाह गर्नुको कारण के होला? सायद यो प्रश्नको जवाफ कि त उनीहरू कि त समयसँगै होला।

प्रतिक्रिया दिनुहोस्