दरबारमार्ग: कालो हिराको ३ करोडको डिल



काठमाडौं । कालो हिराको ३ करोडमा डिल गर्दै गर्दा प्रहरीले छापा हानेर ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल नेतृत्वको टोलीले लैचचौरका रमेश रजकसहित ८ जनालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो।

गोप्य डिल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट २ वटा कालो हिरा बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्