मोरङ जिल्ला अदालतमा गोरेको बयान सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।
३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ सँग जिल्ला अदालत मोरङमा बयान सुरु भएको छ । गोरेलाई मंगलबार साँझ जिल्ला अदालतमा गोरेलाई पेश गरिएका र बुधबारदेखि थुनछेक बयान सुरु गरिएको छ ।

जिल्ला अदालत मोरङले मंगबार ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्न आदेश गरेको थियो । गोरेको बयान सकिएपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालतले जनाएको छ ।

सुन र हत्या प्रकरणका गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा घटनामा संलग्न थप व्यक्तिहरुको खुलासा हुनसक्ने प्रहरीको अनुमान छ ।

मिलेमतोमा सुन तस्करी गर्दै आएका गोरे समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हालसम्म ३८ क्वीन्टल सुन तस्करी गरी १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको अभियोग पत्रमा दावी गरिएको छ । सरकारी वकिलको कार्यालयले उक्त रकम विगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्