किमसँगको वार्ता निर्धारित मितिमै नहुन सक्छः ट्रम्प



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने भनिएको शिखर वार्ता निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् ।

यी दुईबीच आउँदो जून १२ तारिखमा वार्ताको मिति तोकिएको थियो । अप्रिलमा किम र मूनबीच भएको भेटघाट पछि उक्त बैठक हुने भनिएको थियो ।

उक्त शिखरवार्ता आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन ह्वाइट हाउसमा छन् । उनको स्वागतको क्रममा ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले उत्तर कोरियाले निश्चित शर्तहरु पूरा नगरे वार्ता पर सर्ने संवाददाताहरुलाई जानकारी दिएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्