घुस लिँदालिँदै समातिए सुनसरीका जिल्ला शिक्षा अधिकारी



नेपाल समाचारपत्र, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

घुस लिँदै गरेको सुचनाका आधारमा सुवेदीलाई अख्तियार टोलीले प्रक्राउ गरेको र उनीमाथि छानविन भइरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्