युगकवि श्रेष्ठको सम्झना



नेपाल समाचारपत्र
काठमाडौं
युगकवि सिद्धिचरण श्रेष्ठको १ सय सातौं जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंको सिद्धिचरण चोकमा श्रद्धाञ्जलीसभा भएको छ। सिद्धिचरण स्मृति गुठीका अध्यक्ष प्राध्यापक सुवर्ण शाक्यको अध्यक्षतामा युगकवि श्रेष्ठको शालिकमाथि माल्यार्पण गरिएको हो।

सो अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइला, समाजसेवी भीमबहादुर अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष प्राडा. मोहन लोहनीलगायतले युगकवि श्रेष्ठको शालिकमाथि माल्यार्पण गर्नुभएको थियो।

वि.सं १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठ नेपाली साहित्यमा कविरत्नका रूपमा पनि प्रसिद्ध हुनुहुन्छ। नेपाली र नेवारीमा गरी श्रेष्ठका करिब तीन दर्जन कृतिहरू प्रकाशित छन्। सो अवसरमा साहित्यकारहरूले कविता वाचन गरेर श्रेष्ठलाई सम्झिएका थिए।

प्रतिक्रिया दिनुहोस्