इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागिता जनाएर मंगलबार साँझ स्वदेश फर्केका सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । लामिछानेले आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेर इतिहास रचेका छन् । उनले मुम्बई इण्डियन्सविरुद्ध तीन विकेट पनि लिएका थिए ।