खाद्य स्वच्छतासम्बन्धी अन्तक्रिया



काठमाडौं, (नेस)
१०औं खाद्य स्वच्छता दिवस २०७५ को अवसरमा मंगलबार वीरगन्जमा खाद्य स्वच्छतासम्बन्धी अन्तक्रिया कार्यक्रम भएको छ। आम खाद्य उपभोक्ता, खाद्य उद्योगी, व्यवसायी, समाजका बुद्धिजीवी, उपभोक्ताबादी संघसंस्था, सञ्चारकर्मी तथा कर्मचारीको सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले कार्यक्रमको आयोजना गरेको हो।

कार्यालयका प्रमुख राजकुमार रिजालको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा सहभागीले सरोकारवाला निकायले अनुगमनलाई प्रभावकारी र मरिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। खाद्यान्नमा हुने कालोबजारी, मिसावटलगायतको गैरकानुनी कार्य हुन नदिन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले राम्रो भूमिका खेल्न नसकेको वक्ताको आरोप थियो। सरोकारवाला निकायले नराम्रो गर्नेलाई कारबाहीसँगै राम्रो गर्नेलाई प्रोत्साहनसमेत दिनुपर्नेमा व्यवसायीको जोड थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर दुईका उपाध्यक्ष युवराज खड्का, खाद्य क्वारेन्टाइन प्रयोगशाला विजय खनाल, उपभोक्ता हित संरक्षण मञ्चका पर्सा अध्यक्ष धिरज शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए। प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारीलाई निर्देशनात्मक भनाइ राखेका थिए। उपभोक्ताको अधिकारको सुरक्षा गर्ने काममा कुनै सम्झौता गरिने उनको भनाइ थियो।

देशभर दिवस मनाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्णयअनुसार क्षेत्रीय खाद्यले आयोजना गरेको तीन दिने कार्यक्रमको मंगलबारबाट समापन गरिएको छ। जेठ ६ गते हेटौैैंडामा सरसफाई तथा पत्रकार सम्मेलन गरी शुरू भएको तीन दिने कार्यक्रम मंगलबार वीरगन्जमा अन्तरक्रिया गरी समापन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारीलाई निर्देशनात्मक भनाइ राखेका थिए। उपभोक्ताको अधिकारको सुरक्षा गर्ने काममा कुनै सम्झौता गरिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्