ट्यांकरमा लकिङ सिस्टम जडान



काठमाडौं, (नेस)
पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रणको लागि ट्यांकर लकिङ सिस्टम जडान गरिएको छ। नेपाल आयाल निगमले मंगलबार थानकोट ढिपोमा नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले ट्यांकरमा लकिङ सिस्टम जडान गर्नुभयो।

निगमले दुई महिना अघि झापाबाट शुरू गरेको ट्यांकर लकिङ सिस्टमलाई दोस्रो चरणमा गत महिना भैरहवा नाकाबाट आयात हुने बेतालपुरमा पेट्रोलियम ट्यांकरमा लकिङ गरेको थियो। नेपालगन्जमा समेत जडान गरिसकेको लकिङ सिस्टमलाई निरन्तरता दिँदै निगमले थानकोट डिपोका ट्याङकरमा लकिंङ सिस्टम जडान गरिएको बताएको छ।

लकिङसँंगै इन्धन ढुवानी गर्दा बाटोमा हुने चुहावट नियन्त्रण हुनेछ।निगमले भारतीय आयल निगमसँगको संयुक्त सहकार्यमा लकिङ सिस्टमको शुरूवात गरेको हो। निगमले बरौनी नाकाबाट आयात हुने इन्धनको ट्यांकरमा पनि लकिङ सिस्टम जडान गर्न योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्