‘ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा’



काठमाडौं (नेस)
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले सोमबार सार्वजनीक गरेको नीति तथा कार्यक्रमले ऊर्जा क्षेत्रको आधुनिक विकास नै मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा चित्रण गरेको बताउनुभएको छ।

मंगलबार राजधानीमा आयोजित एक कर्यक्रममा बोल्दै मन्त्री पुनले नीति तथा कार्यक्रममार्फत् सरकारले ऊर्जा क्रान्तिको ढोका खोलेको धारणा राख्नुभयो। ३ वर्षभित्र ३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, ५ वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने र १० वर्षभित्र १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष नीति तथा कार्यक्रममा समेटिएकोमा सरकाले ऊर्जा क्षेत्रलाई उच्च प्राथकितामा पारेको उहाँले बताउनुभयो।

केही समयअघि सार्वजनीक भएको श्वेतपत्रमा समावेश भएका विषय समाधानका उपाय र सरकारको नीति तथा कार्यक्रममा भनिएका सबै विषयहरू कार्यान्वयन हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्