पत्रकार र कलाकार सम्मानित



हेटौंडा, (नेस)। चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले सोमबार २ पत्रकार र २ कलाकारलाई सम्मान गरेको छ।

यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई नगद ५ हजारसहित र दोस्रो पटक प्रदान गरिएको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट डब्बु क्षेत्रीलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित सम्मान गरिएको छ। त्यसैगरी कलाकारिता सम्मानबाट हेटौंडेली नायिका निता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठलाई सम्मान गरिएको छ।

उनीहरूलाई सम्मान गर्दै नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नेपालमा परिस्थितिअनुसार फिल्म निर्माण भइरहेकोमा अब देश शान्ति र समृद्धितर्फ लम्किएकाले शान्तिका विषयमा फिल्म बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्