मोराटा विश्वकपमा छानिएनन्



लन्डन, (एजेन्सी)
विश्वकपमा खेल्न नपाउने खेलाडीको सूचीमा अल्भारो मोराटाको नाम पनि सूचित भएको छ। उनी खुसी छैनन् अहिले। उनलाई रुस जान नपाउने गरी स्पेनका प्रशिक्षक युलेन लोपेटेगुईले विश्वकप टोली घोषणा गरे। सोमबार मोराटाले चेल्सीको पहिलो सिजन सकाइरहँदा उता स्पेनी प्रशिक्षकले उनको नाम विश्वकप टोलीमा राखेनन्।

मोराटा गत सिजनमा लन्डन पुगेका थिए। चेल्सी र स्पेनका सेन्टर फरवार्ड स्पेनका शीर्ष तीनमा स्थान बनाउन सकेनन्। उनको स्थान राष्ट्रिय टोलीमा रोड्रिगो मोरेनोले लिन लागेका छन्। मोरेनोले बेन्फिका र बोल्टन हुँदै भ्यालेन्सियामा यस सिजन समाप्त गरेका छन्। त्यस्तै मोराटाको स्थानमा आउने अर्का फरवार्ड लागो आस्पासको यस सिजन पनि सानदार र≈यो। आस्पास ला लिगाको शीर्ष गोलकर्ता बनेका छन्। यसैले रोड्रिगो र आस्पास अन्तिम २३ टोलीमा रहन हकदार छन्।

विश्वकपमा स्पेनबाट फरवार्डको जिम्मा लिने अर्का खेलाडी हुन् डिएगो कोस्टा। वास्तवमा कोस्टा ब्राजिलियन थिए। तर उनी स्पेनी नागरिक भएपछि मोराटाको स्थान डगमगायो। मोराटाले विश्वकप टोलीमा नपरेपछि बरु घाइते भएको भए दुःख नहुने बताए। उनले भने– ‘विश्वकप खेल्ने टोलीमा नभएको सुन्नुभन्दा त म आफैले मसल च्यातेर तीन महिना बाहिरिएको भए हुन्थ्यो। मसँग के गलत भएको हो त्यो थाहा छैन। म खेल्न र गोल गर्न चाहन्छु। तर मैले गर्न सक्दिनँ।’

उनले थपे– ‘हामीले इंग्ल्यान्डमा दुई जना डाक्टरलाई जँचायौं। उनीहरूले केही समस्या भेटाएनन्। हामी जर्मनी गयौं र त्यहाँ के भएको भन्ने मेरो लागि धेरै कठिन भएको थियो। मैले धेरै पटक उपचार लिइसकेको छु। मेरो पछाडि इन्जेक्सन दिएको छ। दुःखाइ नराम्ररी भएको थियो र अर्को दिन मैले लन्डन फर्केर अभ्यास पनि गरेको थिएँ।’

उनले यही नै गल्ती भएको हो कि भनेर बताएका छन्। उनले मार्कालाई बताएअनुसार पछाडि भागमा स्क्यान पनि गराइसकेको थियो। उनले मोहम्मद सालाहबारे पनि बताए– ‘हेर्नुस सालाहलाई, गत सिजनमा हरेकले रोमाले उनलाई बेचेर राम्रो ग¥यो भने। अहिले हेर्नुस् उनमा कति भिन्नता आयो।’

प्रतिक्रिया दिनुहोस्