माडुरो भेनेजुयलाका राष्ट्रपति निर्वाचित, विपक्षीद्वारा अर्को चुनावको माग



काराकास, (एजेन्सी)
भेनेजुयलाको राष्ट्रपति निकोलस माडुरोले सोमबार अर्को ६ वर्षीय कार्यकालका लागि चुनाव जितेका छन्। विपक्षी राजनीतिक समूहले यस चुनावलाई बहिष्कार गर्दै मतदानमा धाँधली भएको समेत दाबी गरेका छन्। राष्ट्रिय चुनाव परिषद् (सीएनई) ले कुल मतदातामध्येबाट ४६ प्रतिशत मत खसेको दाबी गरेको छ।

तर विपक्षी समूहले भने योभन्दा कम प्रतिशतमात्र मत खसेको दाबी गरेको छ। प्रमुख विपक्षी उम्मेद्वार हेनरी फल्कानेले मतदान सकिनासाथ मतपरिणामलाई अस्विकार गर्दै अर्को चुनावका लागि आ≈वान गरेका छन्।

उनले आफूहरूले यस चुनावी प्रक्रियालाई मान्यता नदिने तथा भेनेजुयलामा अब नयाँ चुनाव गराइनुपर्ने माग गरेका छन्। सीएनईका अध्यक्ष टिविसे लुसेनाले ९० प्रतिशतभन्दा बढी मत गनिसक्दासम्म माडुरोले ६७ दशमलव ७ प्रतिशत अर्थात् ५८ लाख मत हासिल गरेको घोषणा गरेकी छिन्।

यसैगरी फाल्कोनले २१ दशमलव २ प्रतिशत अर्थात् १८ लाख मत प्राप्त गरेको बताइएको छ। सीएनईले कुल मत खसेको प्रतिशत बढेर ४८ पुग्न सक्ने तर यो तथ्यांक सन् २०१३ को राष्ट्रपतीय चुनावको तुलनामा निकै कम रहेको जनाएको छ। त्यतिबेला झन्डै ८० प्रतिशत मत खसेको थियो। तर, विपक्षी राजनीतिक समूहले भने कुल ३० प्रतिशतभन्दा बढी मत नखसेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्