अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा



नेपाल समाचारपत्र
काठमाडौ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलमा सेवा थप समयको शुरूआत गर्दै बढ्दो हवाई चापलाई कम गर्न तथा नेपालमा पर्यटक आवागनम बढाउनको लागि थप गरिएको समउले मद्दत पुग्ने बताउनुभयो।

विमानस्थल यसअघि १८ घण्टा (विहान ६ बजेदेखि राति १२ बजेसम्म) सञ्चालन हुँदै आएको थियो।

आगामी दिनमा जनशक्तिको व्यवस्थापन गर्दै विमानस्थलमा भएको हवाई चापलाई कमि ल्याउनको लागि २४सैं घण्टा विमानस्थल संञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीले बताउनुभयो। मन्त्री अधिकारीले काठमाडौं बाहिर पार्किङ स्टेशन भनेर अनुमतिपत्र लिएर काठमाडौंमा पार्किङ गरिरहेका एयरलाइन्सलाई तत्काल बाहिर पठाउन पनि सम्बन्धित निकायको ध्यानआकर्षण गराउनु भएको छ।

मन्त्रालय मातहतका कर्मचारीको कार्य सम्पादनमा समेत मन्त्री अधिकारीले असन्तुष्टि व्यक्त गर्दै एक हप्ताभित्रै मन्त्रालय मातहका सबै विभाग तथा शाखालाई कर्मचारीको दैनिक कार्य विवरण पेस गर्न निर्देशन समेत निर्देशन दिएका छन्।

विमानस्थलबाट आन्तरिक तथा बाह्य गरेर करिब ४ सयको हाराहारीका उडान अवतरण हुने गरेका छन्। मन्त्री अधिकारीले सोमबार नै विमानस्थलबाट बाहिर बाटो अर्थात ट्याक्सी वेको पनि शुरूआत गर्नुभएको छ।

 

तोकिएकै समयमा उडान नगराए क्षतिपूर्ति दिलाउनुु
काठमाडौं, (नेस)
कार्यतालिका अनुसार उडान नगर्ने वायुसेवा कम्पनीलाई क्षतिपूर्ति भराउने गरी सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। पत्रकार घमराज लुइँटेलले दिएको उजुरीमा तीन वर्षपछि फैसलाको पूर्ण पाठ आएको हो।

सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले २०७२ भदौ ३१ गते क्षतिपूर्ति दिलाउने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको थियो।

सर्वोच्चले उडानमा लापरबाही गरी उपभोक्तालाई नोक्सानी गर्ने हवाई सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन आवश्यक कानुनी मापदण्ड निर्धारण गर्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

फैसलाको पूर्णपाठमा भनिएको छ-‘हवाई सेवा प्रदान गर्ने सेवा प्रदायकले तोकिएको समयमानै उडान गर्नुपर्ने निजको प्राथमिक दायित्व हो। उडान तालिकामा यथासम्भव हेरफेर हुनु हुँदैन। परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कारण बताउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्