मिस्टर एन्ड मिस एसईई आइकनका सबैलाई स्कलरसिप



एएनपी मिडिया हाउस ललितपुरले सम्पूर्ण सहभागीलाई स्कलरसिप उपलब्ध गराउँदै एसईई परीक्षा दिएर परिणामको प्रतिक्षामा रहेका विद्यार्थीबीच आगामी जेठ २१ गते राजधानीमा मिस्टर एन्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्नेभएको छ।

एसईई दिएर बसेका छात्रछात्राको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धि तथा उनीहरूको बिदाको समय सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न लागिएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लवबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार सहभागी सम्पूर्ण प्रतियोगीलाई ब्लु बर्ड, क्यासपियन भ्याली, क्यारिबियन, इन्टेन्सीभ इन्टरनेसनल, हिमालयन ≈वाइट हाउस, आइडल मोडल हायर सेकेन्डरी स्कुल, पेन्टागन इन्टरनेसनल, मोलिस, ओमेगा हायर सेकेन्डरी स्कुल÷कलेज, गोल्डेनगेट इन्टरनेसनल, इडमार्क एकेडेमी, जुबुलेन्ट, एभरेष्ट, रिड मोडल, पूर्णचन्डी प्लस टु, टाइमलाइनलगायतका कलेजमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा स्कलरसिप प्रदान गरिनेछ।

शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस व्यवस्थापन र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङको ज्ञान प्रदान गरिनेछ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने तेस्रो संस्करणको प्रतियोगितामा दपेस खना, अनिल योङहाङ लिम्बु, शयाङक कंसाकार, अनुकुल सुवेदी, सुलभ स्थापीत, अनिस खड्की, शिक्षान्त गोले, नबल शाह, राम श्रेष्ठ, किर्तन कोइराला, उत्सव प्रजापती, सुशान्त श्रेष्ठ, उज्वलविक्रम शाही, प्रजोल खतिवडा, एडिन तुलाधर शाही स्पर्धामा छन्। त्यसैगरी छात्रातर्पm टिसा पकवान, रेजीना महर्जन, सन्ध्या ब्यन्जु, जमुना सिलवाल, श्रद्धा ढकाल, प्रियंका भण्डारी, इलिसा लामा, विनिशा कटुवाल, जस्मीन नयाभा, बिबिना श्रेष्ठ, अस्मिता केसी, सोनिया तामाङ, मोनिका पुडासैनी, नुपुर सरकार, गायत्री बस्नेत, नीता राई, सुचिता लामा, नुमा लिम्बु, समीक्षा थापा, प्रज्ञा खतिवडा, दीक्षा केसी, कामना काफ्ले ठकुरी, विनिता खत्री, मनिषा बस्नेत, आयुस्का लगे, विनिता कार्की, सुनिधी घर्तीक्षेत्री, शीला कार्की, सोनिया लामा, निबा श्रेष्ठ, निलिशा श्रेष्ठ, सुस्मा तामाङ, अनिशा भुजेल निर्णायक प्रतियोगितामा स्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्