राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या



नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीरको स्वास्थ्य स्थिती गम्भीर बनेको छ । स्वास्थ्यमा समस्या देखिएपछि विगत १५ दिनदेखि गा्रण्डी अस्पतालमा उपचार भैरहेको छ । ९९ वर्षिय राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आउन नसकेपछि उनलाई विदेश लैजाने तयारी गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनमा केहि समय यता क्रोनिक ग्यास्ट्राइटीस,उच्च रक्तचाप र दिशामा रगत देखिन थालेको हो । राष्ट्रकवि घिमिरेले आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भएपनि सो सूचना सार्वजनिक नगरिएको बुझिएको छ ।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस्