मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका जान सरकारको रोक



काठमाडौं, । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले अमेरिका जान रोक लगाएको छ ।

मधेशका विषयमा वकालत गरिरहेको एउटा एनजिओको कार्यक्रममा भाग लिन अमेरिका जानका लागि मुख्यमन्त्री राउतले संघीय सरकारसँग अनुमति मागेका थिए । तर, मन्त्रिपरिषदको आइतबारको बैठकले उनको भ्रमण प्रस्ताव अस्वीकृत गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला मुख्यमन्त्री राउतले गरेको लिखित भाषण यतिबेला विवादित बनेको छ । नेपालको झण्डाको आकार पनि बिगारिएको थियो । मुख्यमन्त्रीको रवैया देखेर प्रधानन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । यस विषयमा प्रधानमन्त्रीले सार्वजनिक रुपमै असन्तुष्टि समेत व्यक्त गरिसकेका छन् ।

उनको भाषण विवादित भइरहेका बेला अमेरिकामा मधेशसम्बन्धी कार्यक्रममा जान लागेका कारण केन्द्रीय सरकार उनको भूमिकालाई लिएर सशंकित भएको हो । अमेरिका भ्रमणका लागि अनुमति नदिएपछि केन्द्रीय सरकार र प्रदेश सरकारबीचको तनाव बढ्ने खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्