चेल्सीलाई एफए कप उपाधि



लन्डन, एजेन्सी
इंग्लिस प्रिमियर क्लब चेल्सीले जारी सिजनको एफए कप फुटबलको उपाधि जितेको छ।

शनिबार राति वेम्बले रंगशालामा भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौंपटक एफए कप जितेको हो।
खेलमा २२ औं मिनेटमा एडिन हाजार्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

योसंगै चेल्सीले सिजनमा कम्तिमा एउटा उपाधि हात पारेको छ। यो सिजन प्रिमियर लिगमा खराब प्रदर्शन गरेको चेल्सी पँँचौ स्थानमा समेटिएको थियो। आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउन नसकेको चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि यो उपाधि सान्त्वना बनेको छ।

प्रतिक्रिया दिनुहोस्