अमेरिकाबाट थप सामान तथा सेवा खरिद गर्न चीन सहमत, ३५० अर्ब डलर घाटा कम हुने



वासिङ्टन (एजेन्सी)
अमेरिकाबाट पहिलेको तुलनामा थप सामान तथा सेवा आयात गर्न चीन सहमत भएका छ। दुई देशबीच भएको यस सम्झौता विगत केही समयभित्रै चीन र अमेरिकाबीच व्यापारिक असन्तुलन कम गर्नका लागि उपयुक्त समयमा लिइएको फैसला बताइएको छ।

चीनको यस कदमले अमेरिकाको व्यापार घाटामा वार्षिक ३ खर्ब ३५ अर्ब अमेरिकी डलर कमी आउने वासिङ्टनले जनाएको छ।

अमेरिका र चीनको तर्फबाट जारी गरिएको एक संयुक्त बयानमा चीन अमेरिकाबाट कृषि र उर्जासँग सम्बन्धित आयातमा उल्लेखनीय वृद्धिका लागि सहमत भएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा ताजा निर्णयले अमेरिकालाई विकासमा मद्दत पुग्ने र रोजगारका नयाँ अवसर सिर्जना गर्ने बताइएको छ। चीनले सन् २०१६ मा अमेरिकाबाट ४ खर्ब ६२ अर्ब डलरभन्दा धेरैको सामान आयात गरेको थियो। चीनको सम्पूर्ण निर्यातको १८ दशमलव २ प्रतिशत अमेरिकामा गर्छ। सन् २००६ देखि सन् २०१६ को बीचमा अमेरिकामा चिनियाँ सामानको निर्यातमा ५९ दशमलव २ प्रतिशतले वृिद्ध भएको जनाइएको छ।

अमेरिका र चीनको संयुक्त विज्ञप्तीमा यसअघि ≈वाइट हाउसले जारी गरेको २ सय अर्ब डलर घाटा कम गर्ने लक्ष्यका विषयमा कुनै उल्लेख गरेको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १ खर्ब ५० अर्ब डलरसम्मको भन्सार शुल्क लगाउने धम्की दिएका थिए।

ट्रम्पले चीन अमेरिकाको प्रविधि र उनको कपिराइटजस्ता बौद्धिक सम्पदा चोरी गर्दै आइरहेको र चीनले यसलाई बुझ्नुपर्ने बताएका थिए।

अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा सीमाशुल्क लागू गरेको छ। जुन देशले अमेरिकाबाट थोक मूल्यमा इस्पात र आल्मुनियम आयात गर्छ उसलाई यो शुल्कमा छुट दिइएको छ। तर, त्यसमा चीनको नाम समावेश गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्