सरकारको नीति तथा कार्यक्रम आज



काठमाडौं, (नेस)
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संविधानको धारा ९५ को उपधारा २ बमोजिम राष्ट्रपतिले संघीय संसद्मा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो। सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गर्दै छ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दुवै सदनको बैठक बसेर धन्यवाद प्रस्ताव पारित गरिनेछ। यसका लागि दुवै सदनको अलग–अलग बैठक साँझ साढे ५ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्