अर्थमन्त्रीदेखि सञ्चारमन्त्रीसम्म केन्द्रीय सदस्य



काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीमा पूर्वएमालेका तर्फबाट ४२ जना केन्द्रीय सदस्य थपिएका छन्। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलले थप ४२ जना सदस्यको नाम टुंगो लगाउनुभएको हो।

थप केन्द्रीय सदस्य हुनेमा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तिलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल र डा. युवराज खतिवडा रहनुभएको छ।

यस्तै बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाल, कृष्ण राई, वसन्त मानन्धर र निरज आचार्य, दयालबहादुर शाही, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी र भानुभक्त जोशी पर्नुभएको छ।

गौरी ओली, समिममियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही रहेका छन्।

त्यसैगरी देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल, विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर राना पनि केन्द्रीय सदस्यमा चुनिनुभएको छ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो।नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बाँकी सदस्यको नाम केही दिनमा टुंगो लाग्ने र टुंगो लागेका केन्द्रीय सदस्यको नाम औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको बताउनभुयो।

प्रतिक्रिया दिनुहोस्