आईपिएल: दिल्लीले व्याटिङ थाल्यो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्स र मुम्बई इन्डियनको खेल सुरु भएको छ । दिल्लीले आईपिएलको यो जिसनको अन्तिम खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई प्लेइङ ११ मा राखेको छ ।

दिल्लीका लागि सन्दीपले यसअघि दुई खेल खेलिसकेका छन् । दुवै खेलमा कसिलो बलिङ गरेका सन्दीपको चर्चा विश्वभर भइरहेका बेला आजको खेलमा समेत सन्दीपले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । प्लेअफबाट बाहिरिसकेको दिल्लीले हराएमा मुम्बई पनि प्रतियोगिताबाट बाहिरिने छ । दिल्ली र मुम्बईको खेल दिल्लीको फिरोज शाह कोट्ला मैदानमा सुरु भएको हो ।

दिल्लीका ओपनर ब्याट्सम्यान म्याक्सवेल र पृथ्वी सेवा तेस्रो ओभर खेलिरहेका छन् । दिल्लीका लागि यो प्रतिष्ठाको खेल हो भने मुम्बईलाई जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्