आइपिएलमा अन्तिम खेल खेल्दै सन्दीप



काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज इन्डियन प्रिमियर लिग (आइपिएल) मा अन्तिम खेल खेल्दै छन्।

उनी आवद्ध क्लब दिल्ली डेयरडेभिल्स अहिले मुम्बई इन्डियन्सविरुद्ध ब्याटिङ गरिरहेको छ।

प्लेअफमा पुग्न मुम्बईले आजको खेल जित्नैपर्छ। दिल्लीले खेल जिते पनि प्लेअफमा पुग्ने सम्भावना छैन।

सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्ससँग विरूद्ध खेलेका थिए।

दुबै खेलमा उनले एकरएक विकेट लिए। चेन्नईविरूद्धको खेलमा उनले भारतीय राष्ट्रिय टोलीका ब्याट्सम्यान सुरेश रैनालाई आउट पारेका थिए।

दुई खेलमा ८ ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिएर ४६ रन दिएका छन्। उनी यो सिजनमा अहिलेसम्मका सबैभन्दा किफायती बलर हुन्।

चेन्नईविरूद्धको खेलमा उनी स्टाइलिस प्लेयर अफ द म्याचसमेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्