स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ



नेपाल समाचारपत्र, पर्सा ।
बारा जितपुर सिमरा उपमहानगरपालिका(८ बस्ने ४१ बर्षीय नगनारायण महतो कोईरीलाई झोलामा बोकेको स्रोत नखुलेको भारतीय रूपैयाँ ५ सय र २ हजार दरका गरी १२ लाख ७ हजार ५ सय सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

बिरगंज महानगरपालिका १६ रजत जयन्ती चोकमा खटिएको प्रहरी टोलीले कोईरी सवार ना.४ प १७७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्