माओवादीले थापेको धरापमा परि ६ जना प्रहरीको मृत्यु



Raipur : Security personnel inspect the site of Maoists’ ambush on Sunday in Bastar where the Congress party’s convoy was attacked on Saturday. PTI Photo (PTI5_26_2013_000072B)

छत्तिसगढ । छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन् । सडक निर्माणको अवलोकन गर्न निस्किएको प्रहरीको जिपलाई लक्षित गरी माओवादीहरूले धराप विस्फोट गराएका थिए ।

घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका ४ र डिस्ट्रिक्ट फोर्सका २ जना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छ । घटनामा एक अर्का जवान घाइते भएका छन् ।

घटना दन्तेवाडाको छोलनार गाउँमा भएको थियो । नक्सलप्रतिरोधी अप्रेसनका डिआईजी सुन्दर राजले ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जनाएका छन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

यसभन्दा अगाडि पनि मार्च १३ मा माओवादीले थापेको धरापमा परी ९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्