हैदराबादलाई हराउँदै कोलकाता प्लेअफमा



नयाँ दिल्ली, एजेन्सी
कोलकाता नाइट राइडर्स यस सिजनको इन्डियन प्रिमियर लिगअन्तर्गत प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएर प्लेअफको स्थान सुरक्षित गरेको हो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । यसको जवाफमा कोलकाताले १ सय ७३ रनको लक्ष्य ५ विकेटको नोक्सान बेहोरेर हासिल ग¥यो । टोलीका लागि ओपनर क्रिस लीनले अर्धसतक बनाएका थिए । १६ अंक जोडेको कोलकाता जितको बावजुद त्यति नै अंकको हैदराबादसँग नेटरनरेटमा पछि परेको छ । कोलकाता प्लेअफमा पुगेपछि मुम्बई इन्डियन्स, किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्समध्ये एक प्लेअफमा पुग्नेछ ।

कोलकाताका ओपनरले पहिलो विकेटका लागि नै विस्फोटक ब्याटिङ गर्दै ३.४ ओभरमा ५२ रन जोडेका थिए । खतरनाक देखिएका सुनील नारानलाई सकिब अल हसनले मनीष पाण्डेको हातबाट क्याच गराएर पवेलियन फर्काए । नारानले १० बलमा २९ रन जोडेका थिए । उनीपछि आएका रोबिन उथप्पाले लीनसँग दोस्रो विकेटका लागि ६७ रन साझेदारी गरे । लीन सिद्धार्थ कौलको बलमा मनीष पाण्डेलाई क्याच ठमाएर आउट भए । लीनले ५५ रन बनाएका थिए । उथप्पा ४५ रनमा आउट भए भने एन्डे« रसेल मात्र ४ रनमै सिद्धाथको शिकार बने । कप्तान दिनेश कार्तिक २६ रनमा नटआउट हुदै कोलकाताको जित सुनिश्चित गरेका थिए ।

यसअघि हैदराबादका कप्तान केन विलियमसनको स्थानमा ओपनिङ गर्न आएका श्रीवत्स गोस्वामी र शिखर धवनले पहिलो विकेटका लागि ७९ रन साझेदारी गरेर टोलीलाई सानदार शुरुवात दिलाएका थिए ।

श्रीवत्स २६ बलमा ३५ रन बनाएर कुलदीप यादवको बलमा आउट भएपछि कप्तान केन र धवनले दोस्रो विकेटका लागि ४८ रन साझेदारी गरे । धवनले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे भने केनले ३६ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्