सोमरसको कमाल



काठमाडौं उपत्यका मात्रै होइन मुलुकका अधिकांश शहर बजारमा शुक्रबार साँझको रौनक विशेष हुन्छ। विशेष बन्न थालेको छ। साथीभाइ र आफन्तहरू जुट्ने, आफ्नो गच्छेअनुसारका परिकार र जलपान गर्नेहरूरु धेरै देखिन्छन्, भेटिन्छन्। साथीकोमा जाने भन्दै घरबाट निस्कने छोरी÷चेली ब्यायफ्रेन्डसँग भेटिनु नौलो होइन।

शहर बजारमा अन्य दिनभन्दा कयौं गुणा बढी ‘सोमरस’को व्यापार हुने गरेको छ। आइतबारदेखि बिहीबारसम्मको सोमरसको व्यापार जति हुन्छ, त्योभन्दा कयौं गुणा बढी व्यापार त शुक्रबार एकै दिन हुन्छ रे, धरहराले यो कुरा सोमरस व्यापारीहरूबाट सुन्या। तारे होटलदेखि, निकै चलेका रेस्टुराँ, नामै मात्रका रेस्टुराँ र कुनै पनि साइनबोर्डविनाका भट्टी सबैतिर सोमरसको डिमान्ड हुन्छ।

यसपटक शुक्रबार साँझ ललितपुरको गोदावरीमा निकै चल्तीमा रहेको होटलमा सोमरस निकै खपत भएको धरहराले देख्यो। त्यहाँ ग्राहक थिए २ दिन अघिदेखि मुलुकभरबाट भेला भएका जिल्ला वन अधिकृत। माहोल अझ विशेष बनाउन पुग्या थिए, वनका उपल्लो तहका हाकिमहरू। राम्रोसँग साँझ नपर्दै शुरू भएको सोमरस पार्टी राति अबेरसम्म चल्यो। चल्तीका स्वदेशी र विदेशी आइटम गीत÷संगीतको चर्को आवाजका साथ।

माहोल खुब जम्या थियो, राति साढे ९ बजेको आसपासमा बत्ती गयो, आउने छाँटकाँट देखिएपछि वैकल्पिक व्यवस्थाका साथ होटलले सोमरस माहोल जारी राख्यो। सामान्य अवस्थामा गीत र संगीतको धुनमा ताली बजाउन कन्जुस्याइँ गर्ने बहुसंख्यक अधिकृतहरू नाचगानमा उत्रिया देख्दा धरहरा निकै छक्क प¥या छ।

प्रतिक्रिया दिनुहोस्